सप्तकोशीको पुलबाट ट्रक खस्यो

0Shares

सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा शुक्रबार बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः ४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *