समृद्धको मार्गमा वडा १४–केसी

0Shares

युवा उद्यमी किरण केसीले पोखराको वडा १४ समृद्धको मार्गमा लम्किएको बताउनुभएको छ । वडाद्वारा आयोजित दुई दिने महोत्सवको समापनका अवसरमा बोल्दै प्रमुख अतिथि केसीले सो वडा धार्मिक तथा प्राकृतीक दृष्टिकोणबाट मात्र नभई आर्थिक दृष्टिकोणबाट पनि समृद्ध वडा बन्दै गएको औल्याउनुभयो । केसी ग्रुपका निर्देशक समेत रहनुभएका उहाँले आफु संलग्न समुहले सोही वडामा सञ्चालन गरेको हाइड्रोपावर कम्पनी, अन्र्तराष्ट्रिय गल्फ कोर्षमात्र नभएर अहिले क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल समेत वडा १४ मै परेको बताउनुभयो ।

वडाले आयोजना गरेको महोत्सवले समृद्धको बाटोमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै महोत्सव निरन्तरताको कामना गर्नुभयो । सो अवसरमा उहाँले महोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुभयो । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित आयोजित प्रथम स्थानीय महोत्सवको मुख्य प्रायोजन समेत गर्नुभएका केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताउनुभयो । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ समाजसेवी केसीले भन्नुभयो ।

वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीको अपार साथ र विभिन्न सहयोगीको सहयोगबाट महोत्सव सफल भएको बताउँदै यो महोत्सवलाई आगामी वर्ष थप परिस्कृत गर्दै आयोजना गरिने बताउनुभयो । कलाकार चोलेन्द्र पौडेलले सञ्चालन गर्नुभएको महोत्सवको अन्तिम दिन कलाकार पशुपति शर्मा, सुनिता डल्लाकोटी तथा लगायतका कलाकारहरुले मनोरन्जन दिलाएका थिए । महोत्सवमा कृषि, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, स्थानिय उत्पादन लगायतका सय स्टर रहेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *