साइनिङ स्टार बोर्डिङको रजत जयन्ती समारोह सम्पन्न : कलाकार प्रकाश घिमिरेलाई सम्मान

0Shares

पोखराको साइनिङ स्टार बोर्डिङ स्कुलले अग्रज कलाकार प्रकाश घिमिरेलाई सम्मान गरेको छ । विद्यालयले २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरेको रजत महोत्सव विशेष समारोहमा घिमिरेलाई सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले उहाँलाई चाँदीको करुवा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि गुरुङले निजी विद्यालयले राज्यलाई महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । विद्यालयले अन्र्तराष्ट्रिय स्तरमा समेत भगिनी सम्बन्ध कायम गर्दै विश्व जगतमा नेपाली शिक्षा तथा संस्कृती चिनाउन मद्धत पु¥याएको उहाँको भनाई थियो । साथै अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्मानित व्यक्तित्व घिमिरेले सम्मानले आफुलाई यो क्षेत्रमा अझै केहि गर्न थप प्रेरणा मिलेको बताउनुभयो । समारोहमा शिक्षकहरु ललिता गुरुङ, विन्दु पौडेल, साबित्रा अधिकारी, निक्कु गुरुङ र मान बहादुर थापा तथा कर्मचारीहरु जयराम लिगल, अनिषा हमाल र शर्मिला भुजेललाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरियो ।

विद्यालयको साझेदार जर्मनीको युभिए जिम्नाजियम स्कुलका हेड टिचर आना टे सोनहेरले संस्कृती, प्रविधि, शिक्षक तथा विद्यार्थीविच कायम साझेदारीको गाँठो थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सो विद्यालयका ३ शिक्षक सहित १८ विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पूर्व प्रमुख नारायण प्रसाद सुवेदी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलका प्रमुख लक्ष्मण देवकोटा, एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, बैज्ञानिक डा.सन्तोष कोइराला,एन प्याब्सन कास्कीका सल्लाहकार याम खड्का,रामबहादुर थापा, अभिभावकको तर्पmबाट झम्कनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, विष्णुहरी अधिकारी, बसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल लगायतले विद्यालयले नाम जस्तै काम गर्न सफल भएको औल्याउनुभयो ।

समारोहमा वर्षभरि विभिन्न प्रतियोगिता तथा शैक्षिक कृयाकलापमा उत्कृष्ता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रमका साथै चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीले २५ वर्ष सम्म विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण सहयोगिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सकारात्मक सल्लाह सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो ।

विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले विद्यालयले रजत जयन्ती सम्म आइपुग्दा समाजका लागि थुप्रै होनहार प्रतिभाको उत्पादन गरिसकेको बताउनुभयो । आगामी वर्षहरुमा थप विद्यार्थी मैत्री कार्यक्रम ल्याउन जोड दिइने उहाँको भनाई थियो । शिक्षक मानबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *