राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि कास्की प्रशासनले बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र असक्त सेवाग्राहीहरुको समेत चाप रहेको प्रशासनले जनाएको छ । त्यसलाई मध्येनजर राख्दै सेवाको समय परिमार्जनको निर्णय प्रशासनले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै दुविधा भई केही बुझ्नुपर्ने भएमा वा गुनासो भएमा कार्यालयको कोठा नम्बर २०५ मा प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल (मोबाइल नम्बर ९८५६०३४५१२) सँग सम्पर्क गर्न पनि कास्की प्रशासनले बिहीबार निकालेको सूचनामा उल्लेख छ । पाण्डेले केही दिनअघि गरेको सुझाव संकलनपछि राष्ट्रिय परिचय पत्रको सेवा समय परिमार्जन गरेका हुन् ।
‘सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुको लागि हरेक दिन (शनिवार बाहेक) बिहान ८ः०० बजे देखि नै र अन्य सेवाग्राहीहरुका लागि विहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने ‘यसपूर्व राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचि सकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीहरुले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा प्रशासकीय अधिकृत भीष्मराज अर्याल (मोबाइल नम्बर ९८४१६८११८६) सँग सम्पर्क गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नु हुन अनुरोध छ ।’
