सौगातपनि माल्दिभ्स जाने : टेनिस संघद्वारा विदाई

0Shares

कास्कीका टेनिस खेलाडी सौगात विक प्रशिक्षकका रुपमा माल्दिभ्स जाने भएका छन् । लामो समयदेखि पोखरामा टेनिस खेल्दै आएका सौगातले यहाँ खेलाडीका रुपमा थुप्र्रै प्रतियोगिताहरुमा भाग लिइसकेका छन् । पछिल्लो समय उनी पोखरा रंगशालामा टेनिस प्रशिक्षककै रुपमा जुनियर खेलाडीहरुलाई टेनिस प्रशिक्षण दिलाउँदै आएका थिए । माल्दिभ्सको निम्तोलाई अवसरका रुपमा लिएको उनले बताएका छन् ।

यसैविच कास्की जिल्ला टेनिस संघले सौगातसंगै नविन पाइजा र निरज गुरुङ्गलाई एक समारोहका विच विदाई गरेको छ । खेलाडी बिदाई समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले यो क्षण संघका लागि खुसिसंगै दुःखको क्षण पनि भएको बताए । पोखराले खेलाडी उत्पादन गर्दै दक्ष बनाएर उनीहरुलाई व्यवसायिक ढोका खोल्न सफल भएकोमा खुसि मान्नुपर्ने गुरुङ्गको भनाई छ ।

निरज र नविन दुवैजना यसअघिनै प्रशिक्षकका रुपमा माल्दिभमा काम गर्दै आएका छन् । निरज र नविन दुवैले मासिक ९ सय अमेरिकी डलर पारिश्रमिक बुझ्दै आएका छन् । नविन मगर पोखरामा रहँदा सम्भावना बोकेका उदीयमान खेलाडीका रुपमा देखा परेका थिए । उनले नेपालमा आयोजित विभिन्न प्रतियोगिताहरुमा भाग लिइ सकेका छन् ।

केहि समयका लागि पोखरा आएका नविन र निरजले यहाँ रहिन्जेल आफुसंग भएका प्रतिभा यहाँका युवा खेलाडीसंग साटे । यतिबेला कास्कीमा नवप्रतिभावान खेलाडीको उत्पादन तथा खोजीका लागि ग्रास रुटसंगै समर क्याम्प कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालका पूर्व नम्बर १ पोखरेली खेलाडी कुमार अधिकारीपनि अहिले मल्दिभ्समै छन् । उनी त्यहाँको महिला खेलाडीका प्रमुख प्रशिक्षक हुन् ।

टेनिसमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको पोखराले खेलको प्रवद्र्धन, खेलाडी उत्पादन, विभिन्न प्रतियोगिता आयोजनासंगै व्यवसायिक खेलाडीहरुपनि उत्पादन गर्दै आएको छ । यि खेलाडीहरु यसको ज्वलन्त उदाहरुण हुन । खेलाडी समेत रहेका टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ पोखरामा टेनिस संस्कृती जोगाउन महत्वपूर्ण भूमिंका निर्वाह गर्दै आएका छन् । पोखरामा टेनिस जोगाउन उनकै दीर्घकालिन सोंच अनुरुप ग्रास रुट कार्यक्रम सञ्चालन भइरहेको छ । उनकै पस्र्याङ टेनिस कोर्टका उत्पदान निरज, नविन, सौगात जस्ता खेलाडीहरु यो दिन सम्म आइपुग्दा यसको पछाडी थुपै्र कथाहरु लुकेको कायस्थको भनाई छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *