स्वास्थ्य चौकीको एम्बुलेन्समा चरेस

0Shares

बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीले धनगढीबाट चरेससहित नियन्त्रणमा लिएको छ । धनगढीको पुरानो यातायात कार्यालय नजिकबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

बझाङको केदारस्यु गाउँपालिका ३ दाप्रु बस्ने वर्ष ३७ का रामबहादुर खातीले चलाएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *