१९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा

0Shares

पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको १९ औं रोपाई महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पोखरा २३ मार्कीमा हुन लागेको हो । महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको सहभागिता रहने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

रोपाइ महोत्सव सम्पन्न गर्न पोखरा र्पयटन परिषदका उपाध्यक्ष तारानाथ पहारी संयोजकमा मूल ब्यबस्थापन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीबनराज सापकोटा रहेका छन् । महोत्सबमा गायिका समिक्षा अधिकारी र अन्य लोकप्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति रहने छ ।

रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन् । पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिण तर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ । पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आईरहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *