नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । तर तीमध्ये यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
यो प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाहिरिदैं गरेको सो परिमाणको सुन बरामद गरेको थियो ।
