टेवानले पोखरामा तीज सांस्कृतिक महोत्सव गर्ने

0Shares

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले हरितालिका तीजको अवसर पारेर महिला प्रतिभा प्रतिष्पर्धा कार्यक्रम सहितको महोत्सव आयोजना गर्ने भएको छ । यहि भाद्र २५, २६ र २७ गते कोमागाने पार्क लेकसाइड पोखरामा सञ्चालन शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको आकर्षणको रूपमा खेलकुद कार्यक्रम, तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रदर्शनको आयोजना गरीने महोत्सवको संयोजक समेत रहेकीसंस्थाकी अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

प्रतियोगिताका विजेताले नगद सहित आकर्षक पुरस्कारको व्यवस्था गरेको उनले बताइन् । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका स्टल, गण्डकी प्रदेशका ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरूको बजारीकरण, साँस्कृतिक कार्यक्रम सहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने उनले बताइन् ।

महोत्सव सञ्चालन गर्न १५ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ । सो खर्च देश विदेशबाट प्राप्त हुने सहयोगबाट व्यवस्थापन गरिनेछ । कार्यक्रममा सस्थाकी संस्थापक अध्यक्ष लक्की कार्कीले संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य आफूहरूले राखेको बताइन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको आयोजनाले संस्कृति बचाउन सहयोगि हुने बताए । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन महासचिव अनिता खड्काले गरेकी थिइन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *