जलवायु परिवर्तनको असर पोखराकै स्थानिय परिवेशमा समेत देखिन थालेको भन्दै प्लास्टिक झोलालाई पूर्णरुपमा प्रतिबन्धित गरिनुपर्ने, प्लाष्टिकको विकल्पमा प्राकृतीक सामग्रीको प्रयोग गरिनुपर्ने, वैकल्पिक उर्जाको प्रयोग बढाउनुपर्ने लगायतमा जोड दिइएको छ । जोण्टा क्लव अफ पोखराले आयोजना गरेको स्टेप टुवार्डस अ ग्रिनर टुमरो विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाले जलवायु परिवर्नतको असरले सिंगो पृथ्वीनै खतरा अवस्थामा पुगेको बताउनुभयो । कार्यक्रमका श्रोत व्यक्ति डा. जगजित पराजुलीले नेपालको फरक फरक क्षेत्रमा देखिएका असरबारे प्रकास पार्नुभयो ।
आयोजक जोण्टा क्लवका अध्यक्ष मोनिका थापाले जलवायु परवर्तनको असरबारे आजै नसोंचे भोलीका दिन ठूलो समस्या आउन सक्ने औल्याउनुभयो । कार्यक्रमका संयोजक समेत रहनुभएका जोण्टा सदस्य बन्दना कार्की केसीले हामीले गरेको गल्तिको परिणाम हाम्रा भावि सन्ततिले भोग्नुपर्ने दिन आउन सक्ने बताउँदै त्यसलाई रोक्न पनि आजै सचेत बन्नुपर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जलवायु परिर्वनको असर पर्यटन क्षेत्रमा समेत परेको बताउनुभयो । पश्चिमाञ्चल होटल संघमा अध्यक्ष लक्ष्मण सुवेदीले प्लाष्टिकको विकल्पमा प्राकृतीक सामग्रीको प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो । जोण्टा सदस्य साम्राज्ञी थापाले कार्यक्रम सञ्चालन तथा सचिव नेलिसा ठकुरीले स्वागत गर्नुभएको थियो ।