सच्चिन नसके सरकारको बाटो खालि गर्न प्रम दाहाललाई शेखरको आग्रह

0Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गर्नुभएको हो ।

डा. कोईरालाले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्नुभयो । उहाँले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताउनुभयो ।

उहाँले जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको बताउनुभयो । नेता कोईरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताउनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *