आर.के.भिक्टोरीलाई एनटिएचएमसी कलेजको सहयोग

0Shares

पोखराको आर.के.भिक्टोरी क्रिकेट क्लवलाई नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेज, छिनेडाँडाले सहयोग गरेको छ । कलेजले क्लवलाई १६ थान जर्सि सेट सहयोग गरेको हो । कलेजका बोर्ड सदस्य जयराम हमाल र कलेज प्रिन्सिपल प्रकाश रेग्मीले क्लवका क्याप्टेन कविन सापकोटालाई पोखरा रंगाशालामा उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तान्तरण गर्दै हमालले खेल भावना अनुरुप खेल्दै सफलता हाँसिल गर्न क्लवलाई शुभकामना व्यक्त गर्नुभयो । कलेज प्रिन्सिपल रेग्मीले कलेजले कलेज भित्रका कार्यक्रमलाई मात्र नभई बाहिर हुने यस्ता कार्यक्रमलाई पनि सहयोग गर्ने बताउनुभयो । क्याप्टेन सापकोटाले कलेजको सहयोगले उत्साह थपिएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । आर.के.भिक्टोरियनले आजदेखि पोखरामा शुरु भएको पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *