पोखरामा फूलको थुंगाको मुल्य कायम : प्रति थुंगा २ देखि ५ रुपैयाँ सम्म

0Shares

पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाकोपनि दररेट तोकेको छ । दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको २ रुपैयाँ तोकिएको छ । मालाको मूल्य भने थुंगा अनुसार २ सय, १८० र १५० रुपैयाँ तोकिएको छ । यसैगरी, प्रतिकेजी ४०० रुपैयाँ सयपत्री फूलको मूल्य तोकिएको छ ।

पोखरामा फुल उत्पादक किसान बढ्नुका साथै फूल लगाउने क्षेत्रफलपनि बढेका कारण यसपाली आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीले जनाएको छ । पोखरामा यस वर्ष आयातित फूल भने प्रतिबन्ध लगाइएको छ । स्थानिय उत्पादनले नै धान्ने भएकाले पोखरा महानगरपालिकाले भारतबाट आयातित फूललाई प्रतिबन्ध लगाएको हो ।

भारतबाट आयातित तिहारे फूलसँगै प्लाष्टिकबाट बनेका फूलहरुपनि बेचबिखनमा प्रतिबन्ध लगाइएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । भारतबाट आयातित फुललाई प्रतिबन्ध लगाइएपनि स्वदेशका विभिन्न जिल्लाबाट आयात हुने फूल भने निर्वाध रुपमा आयात गर्न दिइनेछ । पोखरामा खपत हुने फूल धादिङ, गोरखा, लमजुङलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *