बक्सिङका पूर्वअन्र्तराष्ट्रिय खेलाडी गणेश भट्टराई सम्मानित

0Shares

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई पोखरामा वर्ष सम्मानको रुपमा सम्मानित भएका छन् । पोखराको ड्यामसाइड क्लबले शनिबार वर्ष सम्मान विशिष्ट व्यक्तिका रुपमा भट्टरईलाई सम्मानित गरेको हो । भट्टराईलाई नगद १५ हजार, सम्मानपत्र र दोसल्लाले पोखरा १७ कि वडा अध्यक्ष राधिका शाही, क्बलका अध्यक्ष प्रताप गुरुङ लगाएतले सम्मान गरेको थियो ।

भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । भट्टराइ सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन भएका थिए ।

सन् १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्ता भट्टराई टिम मेनेजर थिए । खेल संगै पर्यटन क्षेत्र, सामाजिक कार्यमा सक्रिय भट्टराई पोखरा महानगरपालिकाका पूर्व उपमेयर पनि हुन् । खेलकुद, पर्यटन र सामाजिक कार्यको माध्यमबाट देश र समाजलाई महत्पूर्ण योगदान दिएकोले भट्टराईलाई वर्ष सम्मानको रुपमा सम्मानित गरिएको क्लका अध्यक्ष प्रताप गुरुङले बताए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *