कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

0Shares

नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जेएन.१ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर पनि कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको छ । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । भारतसँगै एसियाका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिइरहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *