पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबल प्रतियोगितामा गण्डकीको महिला टिमको पहिलो खेलमा सोझो सेटमा पराजीत भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिला तर्फ समुह ए को खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको हो ।
तीन भारतीय खेलाडी सहित मैदान ओलिएको गण्डकीले पुलिस सगँ कम्जोर प्रर्दशन गयो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ को सेटमा हरायो । खेलको टाइगर अफ दि म्याच पुलिसकी उषा भण्डारी घोषित भइन् ।
महिलातर्फ समुह बि मा रहेको त्रिभुवन आर्मी र भारतको हरियाणा टिम बिच अर्को खेल हुदैछ । पुरुषतर्फ भने आज एपिएफ र श्रीलंका आर्मी टिम र दोस्रो खेल आर्मी र हेल्प नेपाल बीच हुनेछ ।
