लक्ष्मी सनराइज बैंकले २० मेघावाट क्षमताको माथिल्लो सेतीखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । आयोजनामा लगानीका लागि बैंकले आइतबार अपर सेती हाइड्रो प्रालीसँग सम्झौता गरेको छ । आयोजना निर्माणमा ४ अर्ब २ करोड खर्च हुने अनुमान गरिएको छ । लक्ष्मी सनराइज बैंकले ७५ प्रतिशत लगानी गर्ने भएको छ । बाँकि २५ प्रतिशत रकम भने अपर सेती हाइड्रोका प्रबद्र्धक र संस्थापकले लगानी गर्नेछन् ।
योजना निर्माणका लागि विद्युत विकास विभागबाट २०७८ साल माघ १७ गते विद्युत उत्पादन अनुमति पत्र लिएको अपर सेती हाइड्रोले नेपाल विद्युत प्राधिकरणसँग २०८० साल असोज १० गते विद्युत खरिद बिक्री सम्झौता गरेको थियो । कम्पनीको प्रवद्र्धक व्यापारिक घराना केसी ग्रुप हो ।
