काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला

0Shares

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो।शव घरभित्र फेला परेको हो। मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *