उत्कृष्ट प्रर्दशनको अपेक्षा सहित पोखरेली टेनिस टोली बुटवलतर्फ

0Shares

पोखराका टेनिस खेलाडीहरु बुटवलतर्फ लागेका छन् । केहि खेलाडीहरु त्यसतर्फ जाने तरखरमा छन् । दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा सहभागिता जनाउन यहाँका टेनिस खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । टोलीलाई गण्डकी प्रदेश टेनिस संघका सचिब तथा कास्की जिल्ला टेनिस संघका उपाध्क्ष नविन चालिसेले बिदाई गरेका थिए ।

फागुण १५ देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशबाट खुला र भेट्रानतर्फ गरी २५ जना खेलाडी प्रतियोगिता सहभागि हुने सचिब चालिसेले दृश्यम खबरलाई जानकारी दिए । प्रतियोगितामा गण्डकी टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, सचिव नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमबहादुर लामिछाने, केवी तामाङ, विकास गुरुङ हङकङ, विकास गुरुङ पोखरा, शरण गुरुङ, माधव भण्डारी, पदम गुरुङ्ग नदीपुर, समिर शेरचन, राजन पौडेल, राज गुरुङ, हर्क गुरुङ, विष्णु बहादुर थापा, लगायतका भेट्रान खेलाडीहरुको सहभागिता रहनेछ ।

त्यसै गरी प्रतियोगितामा नेपाल नं १ खेलाडी प्रदिप खड्काले समेत्को सहभागिता रहने सचिब चालिसेले जानकारी दिए । खुलातर्फ गत वर्ष समेत बिजेता रहेका प्रदिपले पुरानै प्रतिष्ठा जोगाउने कोशिष गर्नेछन् । अनिल शाहि, निर्मल मगर, विवेक जर्बुजा, आशिष खड्का, नेहाल जंगबहादुर थापा, दर्शिल श्रेष्ठ, शास्वत बज्राचार्य लगायतले पनि बलियो दावेदारी प्रस्तुत गर्नेछन् । त्यसैगरि अन्य केहि विधामा पनि पोखरेलीले ट्रफि भित्र्याउन सक्ने सम्भावना रहेको सचिव चालिसले बताए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *