पोखरा मुग्लिङ सडक खण्डको काम तिव्र, पूर्वीखण्डको ५१ प्रतिशत, पर्यटन व्यवसायी उत्साहित

0Shares

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । हालसम्म पूर्वतर्फ ५१ प्रतिशत र पश्चिम खण्ड तर्फ १७.५ प्रतिशत काम पूरा भएको निर्माण आयोजनाले जानकारी दिएको छ । पूर्वीखण्ड तर्फ ५१ प्रतिशत काम सम्पन्न भएको र कामलाई तिव्रता रुपमा अगाडि बढाइएको पूर्वीखण्ड आयोजनाका प्रवक्ता इ.विष्णु पाण्डेले जानकारी दिए । उनले १२ किलोमिटर दुई तर्फि र ८ किलोमिटर एक तर्फि पिच भई सकेको बताए । पश्चिम खण्ड तर्फ पछिल्लो दिनमा कामले थप तिव्रता पाएको पश्चिम खण्ड आयोजनाका प्रवक्ता इ. नारायण पौडेलले जानकारी दिए ।

पूर्विखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्डमा पर्ने जामुने–पोखरा ५० किलोमिटर दुई खण्डमा बाँडेर यो सडक बिस्तार भईरहेको छ । यो सडक खण्डमा केही समय पहिले काम सुस्त गति भएपनि पछिल्लो समयमा गति बढेको देखिएको छ । सडक स्तरोउन्नतीको काम उत्साहपूर्ण रुपमा अगाडि बढेको पाइएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । केही समय अघिसम्म निमार्ण कार्य निकै ढिलो देखिएपनि हाल कामले तिव्रता पाएको देखेर खुशी लागेको उनको प्रतिक्रिया थियो । तर, कामलाई अझै तिव्रता दिइनुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले अव पोखरा आउँदा पहिले जस्तो कठिनाई नरहेको टिप्पणी गरे । शुक्रबार व्यवसायी र सञ्चारकर्मीसहितको टोलीले बाटोको अवस्था हेरेको हो । टोलीमा सहभागी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कामलाई अझै तिव्रता दिनुपर्ने बताए । बाटो निर्माणको काम हेर्दा अब छिट्टै पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिने अपेक्षा प्रकट गरे ।

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–आबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नतिको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो भने एसियाली विकास बैंक (एडीबी)को ऋणमा बन्न लागेको यो सडकको स्तरोन्नतिका लागि आयोजनाले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो । गत वर्ष ३ मंसिरमा सडक स्तरोन्नतिका लागि सडक विभागको एडीबी सडक निर्देशनालयले बोलपत्र आह्वान गरेको थियो । गत वर्ष कात्तिकमा एडीबीको यसका लागि २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो । सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने भएको हो । सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने भएको छ । नेपालको पर्यटकीय गन्तव्य पोखरा देखि काठमाडौंसम्मको दुरी २ सय किलोमिटरको टाडा रहेको छ ।

मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी–जामुन्ने खण्डको स्तरोन्नतिको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । गत डिसेम्बरमा चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन–पोखराको निमाण गर्ने जिम्मा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको थियो । मुग्लिन देखि पोखराको दूरी करिव ९३ किमि रहेको छ भने आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) रहेको छ । जामुने–पोखरा खण्ड विस्तारका लागि अनहुइ काइयुआनले निमार्णको जिम्मा पाएको हो । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७–७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुन्छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *