नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । सोमबारदेखि लागु हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर मूल्य रु ४ वृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४।७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । मूल्य बढेसंगै अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्ने भएको छ । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि
