इलाम–२ मा एमालेबाट सुहाङ, काँग्रेसबाट डम्मर, रास्वपाबाट मिलनको उम्मेद्वारी ; उजुरीको अन्तिम दिन आज

0Shares

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जसमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । यता माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गरेको छैन ।

राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ । आजनै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र तोकिएका छन् । इलाम २ बाट निर्वाचित एमाले नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *