गण्डकी प्रदेश पौडी संघले बैशाख २९ गते शनिबार पोखराको फेवातालमा पोखरा स्तरिय खुल्ला पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिला र पर्यटक गरि तीन विधामा प्रतिस्पर्धा गराइने शुक्रबार पोखराको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक संघका अध्यक्ष आनन्द कुँवरका अनुसार पुरुष तथा महिलातर्फ विजेता खेलाडीले नगद १० हजार, द्धितियले ८ हजार तथा तृतीयले ५ हजार नगदका साथ मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । पर्यटकतर्फ भने आकर्षक पुरस्कारको कुपन सहित पुरस्कृत गरिने उनले जानकारी दिए । बसुन्धरा पार्क अगाडी फेवातालमा हुने प्रतियोगितामा सहभागि खेलाडीले ५ सय मिटर दुरी पार गनुपर्ने हुन्छ ।
फेवातालको पानी पौडन योग्य छ भन्ने शन्देस दिन, पौडी खेल प्रति सर्वसाधारणको आकर्षण बढाउन, मानव स्वाथ्यका लागि, पोखराको पहिचानका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिताको मुख्य सहयोगी वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । सो अवसरमा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायले शुभकामना मन्तव्य राखेका थिए । अनिल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
