लमजुङ र कैलालीमा चट्याङ, तीनको मृत्यु ६ घाइते

0Shares

लमजुङ र कैलालीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताए । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको छ ।

त्यसै गरी बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी चट्याङका कारण पाँच जना घाइते भएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *