कास्कीका श्रीनाथ बराल समाजबादीको सचिवमा बिजयी, झाँक्री हारिन्

0Shares

नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी भएका छन्। समाजवादीको ५ सचिवमा बरालसहितका नेताहरु विजयी भएका हुन्। नेता बराल १०७ मतसहित विजयी हुँदा शेरबहादुर कुँवर १५३, चन्द्रबुदार शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्री कुमारी भुसाल १०६ मत पाएर विजयी भएको निर्वाचन समितीले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए ।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *