थाइल्याण्डका अन्तराष्ट्रिय टेनिस प्रशिक्षक कार्लो क्रिष्चियन पोखरामा, एक महिनासम्म प्रशिक्षण दिने

0Shares

कास्की जिल्ला टेनिस सङ्घको आह्वान तथा टेनिस अभिभावक संघ कास्कीको निमन्त्रणामा थाइल्याण्डबाट अन्तर्राष्ट्रिय टेनिस प्रशिक्षक कार्लो क्रिष्चयन पोखरा आएका छन् । उनले यहाँका युवा टेनिस खेलाडीहरूलाई एक महिनासम्म टेनिसको प्रशिक्षण प्रदान गर्नेछन् । कार्लोको आगमनसँगै टेनिस कौशलमा थप अभिवृद्धि आउने यहाँका युवा खेलाडीहरुले आशा लिएका छन् । अहिले ८ खेलाडी उनीसंगको प्रशिक्षणमा रहेका छन् । अन्य खेलाडीहरु थपिने क्रममा छन् ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा र शिक्षण दिंदै गरेका कार्लोसले पोखरामा टेनिस माहोल निकै राम्रो देखिएको सुनाए । ‘युवा खेलाडीहरूमा टेनिस भोक देखिएको छ तर उनीहरूमा केही ज्ञानको अभाव रहेछ’– उनले भने । कोर टेनिस एकेडेमी बेंककका कार्लोको सँगै सहायक प्रशिक्षकका रुपमा पोखरा आएका रोहित सुनुवारले यो प्रशिक्षणबाट पोखरेली खेलाडीहरूले थप सिप सिक्ने आशा व्यक्त गरे । उनीसंगै प्रशिक्षण कार्यक्रममा सहभागि पोखरेली टेनिस प्रशिक्षक शक्ति शर्माले उनीसंगको सहकार्यमा आफुले सिक्ने ज्ञानलाई भविष्यमा पोखराको टेनिस विकासमा लगाउन सकिने विश्वास व्यक्त गरे ।

कार्लोले मसिनो गरि टेनिसका ज्ञानहरू सिकाएको प्रशिक्षण लिन आएका पोखरेली खेलाडी सृजन भट्टराईले बताए । उनले विहानदेखि साँझ सम्म टेनिसका सैद्धान्तिक, व्यवहारिक तथा मानसिक ज्ञापन प्रदान गर्ने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए । यो संगै कार्लोसले यहाँ सञ्चालित ग्रास रुटका खेलाडीहरुलाई पनि हरेक शनिबार प्रशिक्षण दिनेछन् । ‘यो प्रशिक्षणले यहाँका जुनियर खेलाडीहरुमा थप निखारता ल्याउने छ, हाम्रो ग्रास रुट टेनिसलाई पनि सहयोग पुग्नेछ’–पौडेलले भने ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *