जोकोभिच र अल्कारेज : कसको पोल्टामा जाला विम्बल्डन उपाधी

0Shares

सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको उपाधीका लागि भिड्न भएका छन् । सेमिफाइनलमा इटालीका यानिक सिनरलाई ६–३ , ६–४ र ७–६ को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । दोस्रो वरियताका खेलाडी जोकोभिच करियरमा २४ औं ग्राण्डस्लाम उपाधिको खोजीमा छन् ।

सर्वाधिक २३ ग्राण्डस्लामको उपाधि जितिसकेका जोकोचिलाई २२ ग्राण्डस्लामसहित स्पेनका रफाइल नदालले पछ्याईरहेका छन् । जोकोभिचले अब विम्बल्डनको फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग खेल्नेछन् । सेमिफााइनलमा रुसका डानिल मेदबेदेभलाई ६–३, ६–३ र ६–३ को सोझो सेटमा हराउँदै शिर्ष वरियताका अल्कारेज फाइनलमा पुगेका हुन् ।

यस्तै, महिलातर्फ शनिबार हुने फाइनल खेलमा ट्युनिसियाका ओन्स जबिउर र चेक गणतन्त्रकी मार्केटा भोन्द्रौसोभा भिड्नेछन् । यो खेल जसले जितेपनि विम्बल्डन प्रतियोगिता र ग्रान्डस्लाम टेनिसले नयाँ च्याम्पियन पाउनेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *