पोखरामा दोस्रो पोखरा महानगर स्तरीय खुला अन्तर क्लव क्रिकेट प्रतियोगिता हुने

0Shares

पोखरा महानगरपालिका क्रिकेट सङ्घको आयोजनामा फागुन १९ देखि दोस्रो पोखरा महानगर स्तरीय खुला अन्तर क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ। लेखनाथ स्थित क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा पोखरामा रहेका विभिन्न नौ वटा क्लबहरूले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिनुभएको छ।

उहाँका अनुसार प्रतियोगितामा अरुण्य ज्योति क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, लेकसाइट क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुछ्रे क्रिकेट क्लब, सांग्रला क्रिकेट क्लब र गण्डकी स्पोर्ट्स क्लबले सहभागिता जनाउने भएका हुन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमले ट्रफी मेडल सहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याट्सम्यान उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *