पोखराको पुरानो रत्न श्री टेनिस कोर्ट पुन : सञ्चालनमा आउने भएको छ । यो कोर्टमा जुनियर टेनिस प्रशिक्षण कार्यक्रमको शुरुवात गर्दै कोर्टलाई पुन सञ्चालनमा ल्याइन लागेको हो ।
कुनै बेला यो कोर्टमा ठूला ठूला प्रतियोगिताहरु सञ्चालन हुने गर्दथे । स्व.शंकरमान उदासले नदीपुरमा सञ्चालन गर्नुभएको रत्नश्री जिम हलसंगैको यो कोर्टमा अहिले उहाँका छोरा सुबोध उदाससंगै केहि खेलाडीहरु खेल्ने गरेका छन् । बुवाले शुरु गर्नुभएको टेनिस कोर्टलाई पुर्नजिवन प्रदान गर्नका लागि अब यसलाई गतिशिल बनाइने उहाँले बताउनुभयो ।
यसैविच टेनिस संघ गण्डकी प्रदेशले जुनियर टेनिस प्रशिक्षण कार्यक्रमका लागि टेनिस सामग्री प्रदान गरेको छ । संघका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष लोक गुरुङ्ग, टेनिस अभिभावक संघ कास्कीका अध्यक्ष गौतम उदास सहितको टोलीले टेनिस कोर्टको अवलोकन गर्दै खेल सामग्री हस्तान्तरण गरेका हुन् । यो कोर्टको सञ्चालनसंगै नदीपुर, मोहरिया टोल, भिमसेन टोल, बगर,फुलवारी लगायत क्षेत्रका खेलाडीहरु लाभान्वित हुने अपेक्षा लिइएको छ ।
