सुप्रिमको अर्धशतकमा तनहुँको जित

0Shares

पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो ।

बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १/१ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको तनहुँले १३.४ ओभरमा ६ विकेटको नोक्सानीमा जित हाँसिल गर्यो । प्लेयर अफ द म्याच समेत बनेका सुप्रिम सुनारले ४० बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५५ रनको पारी खेले, अंकित झाले १३ रन जोडे ।

बाग्लुङको बलिङमा सचिन परियारले २ विकेट लिंदा अविनास श्रफ, रमित कँडेल, कृष केसी र आर्यसिद्धी सापकोटाले १/१ विकेट लिए । वर्षाका कारण खेल ढिलो शुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो । जितसंगै समुह ‘ए’ बाट तनहुँले पनि २ अंक जोडेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *