ब्रेकिङ्ग बाउण्ड्रिज क्रिकेट प्रतियोगिता ः छात्रतर्फ अम्मरसिंह र बाराही फाइनलमा

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा जारी पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ अम्मरसिंह र बाराही मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बाराहीले कम्युनिटी सेन्टरलाई ८४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स जितेको कम्युनिटी सेन्टरले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको बाराहीले निर्धारित २० ओभरमा १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो । बाराहीका लागि अभिषेक अधिकारीले २४ बलमा २६ रन तथा कुशल पौडेलले १६ रनको योगदान दिए । कम्युनिटी सेन्टरका बलर प्रशान्त शर्माले ३ विकेट लिएका थिए ।

जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको कम्युनिटी सेन्टर ८.२ ओभरमा २७ रनमै अल आउट हुन पुग्यो । कम्युनिटी सेन्टरका समीर रेग्मीले सर्वाधिक ७ रन बनाए । बाराहीका बलर समिर रेग्मीले ६ विकेट लिँदै कम्युनिटी सेन्टरको ब्याटिङ लाइन अप ध्वस्त पारेका थिए । अर्का बलर अभिषेक अधिकारीले उनलाई राम्रो साथ दिँदै ४ विकेट लिए । खेलमा ६ विकेट लिन सफल समिर बिक प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अमरसिंह माविले त्रिभुवन सेकेन्डरीलाई ८८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ रोजेको अमरसिंहले १९.५ पाँच ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार पारेको थियो ।अमरसिंहका विमोचन सापकोटाले ३० बलमा ५४ तथा सत्कार चालिसेले २६ बलमा ३६ रनको पारी खेले ।

त्रिभुवनका बलर अर्जुन यादव र कुनाल यादवले समान ३ विकेट लिए । प्रतिउत्तरमा त्रिभुवनको पारी ११.२ ओभरमा ४९ रनमै समेटिन पुग्यो । त्रिभुवनका अङ्कित पौडेलले सर्वाधिक १७ रन जोडे । अमरसिंहका बलर विमोचन सापकोटाले ४ तथा दिप्सन सापकोटाले ३ विकेट लिए । प्रतियोगितामा ५४ रन सँगै ४ विकेट लिएका विमोचन सापकोटा प्लेयर अफ द म्याच भए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *