बेँसीसहर–चामे सडकमा राति सवारी चलाउन रोक

0Shares

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको मंगलबारको निर्णयअनुसार साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन नपाइने भएको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार वर्षातका कारण सवारी दुर्घटनाको जोखिम रहेकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। कोतोबाट बेँसीसहर फर्कने सवारीहरू अपराह्न ४: ३० बजेसम्म मात्र छुट्न पाउने छन्। ६५ किलोमिटर लामो यो सडकखण्डमा ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर मनाङमा पर्छ। 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *