केयर गिभर तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

0Shares

युआरएल हेल्थ केयर प्रालिले सञ्चालन गरेको केयर गिभर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । पोखरा १२, हस्पिटल चोकमा रहेको प्रालिको पहिलो ब्याचको केयर गिभर तालिममा सहभागी भई तालिम पूरा गरेका १० प्रशिक्षार्थीलाई एक समारोह आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गण्डकी प्रदेशका निर्देशक कल्पकुमार बस्नेतले गुणस्तरीय तालिम सञ्चालन गरी विश्व बजारमा बिक्ने र दक्ष जनशक्ति तयार गर्न आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटा, युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्थ, युआरएल हेल्थ केयरका निर्देशक पुष्पराज कोइराला, नेपाल शैक्षिक परामर्श संघ कास्की अध्यक्ष ओमप्रकाश गैह्रे, भाषा संघ नेपाल अध्यक्ष सृजन भान्साकार्य, तालिमका प्रशिक्षार्थी रोशन गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा केयर गिभर तालिमकी प्रशिक्षक सरस्वती गौतमले तालिमबारे प्रकाश पारेकी थिइन् । युआरएल हेल्थ केयर प्रालिका प्रबन्ध निर्देशक सूर्यप्रसाद पौडेलले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी तालिम सञ्चालन गरेको र यस खालका तालिमलाई निरन्तरता दिइने जनाउनुभयो । युआरएल हेल्थ केयर प्रालिका अध्यक्ष गणेशप्रसाद कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *