गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको अन्त्यष्टि आज गरिँदै

0Shares

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको अन्त्यष्टि आज गरिँदै छ । गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ बजे निधन भएको थियो । उनको पार्थिव शरिरलाई आज बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । भरतपुर २६ दिब्यनगरस्थित निवासबाट गुरुङको शवयात्रा शुरु भई नारायणगढस्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा ल्याइने छ ।

बिहान ११ बजे पार्टी कार्यालयमा केही समय शवलाई अन्तिम श्रद्धाञ्जलीका रुपमा राखिएपछि पुनः अन्तिम संस्कारका लागि धार्मिक क्षेत्र देवघाट लगिने बताइएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट बिरामी रहेका गुरुङको भरतपुर महानगरपालिका –२६ दिब्यनगरस्थित घरमै निधन भएको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *