धरम र केबी तथा नविन र इन्द्र जोडी मनसुन कपको फाइनलमा

0Shares

पोखरा रंगशालामा जारी मनसुन कप भेट्रान्स डबल्स टेनिस प्रतियोगितामा धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडी तथा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडी फाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै यि जोडीहरुले फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको दुवै सेमिफाइनलको नतिजा सुपर टाईमा आएको हो । पहिलो सेमिफाइनलमा धरम र केबी जोडीले समिर शेरचन र राज गुरुङ्गको जोडीलाई ६–४,४–६ र सुपरटाईमा १०–३ को नतिजा निकालेका थिए । अर्को सेमिफाइनलमा नविन र इन्द्र जोडीमाथि पदम गुरुङ्ग र माधव भण्डारीलाई ६–२,३–६ र सुपरटाईमा १०–७ को जित निकाल्दै अन्तिम दुईमा आफ्नों स्थान सुरक्षित पारेका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान पोखरा रंगशालामा हुने प्रतियोगिता संयोजक बिरेन्द्र लामाले जानकारी दिए । प्रतियोगिताका विजयी खेलाडीहरुले कप तथा ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *