जेनजी आन्दोलनमा दिवंगत भएकाहरूको सम्झनामा पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडा चोकमा दीप प्रज्वलन गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानमा तल्लो गगनगौडा र आसपास क्षेत्रका स्थानीयवासीहरूले सामूहिक रुपमा उपस्थित भई दीप प्रज्वलन गरेको नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का निवर्तमान सभापति किसान परियारले जानकारी दिनुुभयो ।
जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागहरूको राज्यबाट उचित सम्बोधन हुनुपर्नेमा उहाँले जोड दिनुुभयो ।
निस्कृय पारिएको सामाजिक सञ्जाल खुलाउनुुपर्ने, भ्रष्ट्राचारको अन्त्य हुनुपर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्नुुपर्ने लगायतका माग राखी यही भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा देशभर हालसम्म ७३ जनाले ज्यान गुमाइसकेका छन् भने ठूलो संख्यामा उपचाररत छन् ।
