मुटु नै कमाउने हिउँदको चिसो । त्यसमाथि ज्यान नै लुगलुग कमाउने फेवातालको चिसो सिरेटो । चिसो चिसो मौषममा तन र मनलाई कसरी तताउने ? जो कोहीलाई पनि रहर लाग्छ । हो, तपाईको यही रहर पुरा गर्ने अबसर जुराउँदैछ लेकसाईडको ३६० स्काई लाउन्जले । स्काई लाउन्जले आउँदो ५ गते दम्पती गायक महेश काफ्ले र अस्मिता अधिकारीको जोडीलाई तपाई हाम्रो सामु आमन्त्रण गरेको छ ।
चर्चित युगल जोडी काफ्ले र अधिकारीले विशेष प्रस्तुतीमार्फत पोखरेली गीत संगितका पारखीहरुलाई भरपुर मनोरञ्जन दिनेछन । साथमा विभिन्न देशका मिष्ठान परिकारहरुको स्वाद पनि चाख्न पाउनेछन । आयोजकका अनुसार कार्यक्रममा लाइभ म्युजिक, मनोरञ्जन तथा अन्य आकर्षक प्रस्तुति रहने छन् । सो अवसरमा प्रसिद्ध गायक कर्णदासको पनि विशेष प्रस्तुति रहनेछ, जसले समारोहलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

३६० स्काई लाउन्जका सञ्चालक विशाल राज पौडेलले आफ्नो प्रतिष्ठानले तेस्रो बार्षिकोत्सवमा छोटो समयमै पाएको साथ समर्थनप्रति आभार व्यक्त गर्दै यस वर्षको वार्षिकोत्सवलाई विशेष रूपमा मनाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिकोत्सवका अवसरमा ३६० स्काई लाउन्जले विभिन्न देशका विशेष परिकार पनि प्रस्तुत गर्ने भएको छ । भारतीय, चाइनिज, थाई, कान्टिनेन्टल र स्थानीय फ्युजन डेलिकेसीसहितका विशेष मेनु त्यस दिन उपलब्ध गराइनेछ ।
