पोखरामा २४ तोला सुन सहित महिला पक्राउ

0Shares

पोखरा ९ बसपार्कबाट बैदाम प्रहरीले एक जना महिलालाई झण्डै २४ तोला सुन सहित पक्राउ गरेको छ । बिहीबार बिहान काठमाडौबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार झापा बिर्तामोड नगर पालिका १ घर भै हाल काठमाडौ जोरपाटी बस्ने बर्ष ४५ कि कल्पना गुरुङलाई पक्राउ गरेको हो ।

बसबाट झर्ने क्रममा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको हो । निजको शरीर तलास गर्ने क्रममा छातिमा सेतो टेपले बेरि ब्रा भित्र लुकाइ छिपाइ राखेको अबस्थामा सुनको बिस्कुट र औंठी सहित पक्राउ गरेको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *