गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गरेको ‘ग्रास रुट’ टेनिस कार्यक्रमका लागि अष्टे«लियाबाट सहयोग प्राप्त भएको छ । अशोक गुरुङको पहलमा त्यहाँ स्थित ‘टेनिस फर कज’ ग्रुपका विभिन्न ४४ जनाले रकम संकलन गरि ३ लाख ४ हजार रुपैयाँ सहयोग पठाएका हुन् । यो सहयोगले आफुहरुले सञ्चालन गरिरहेको कार्यक्रमका लागि हौसला समेत प्राप्त भएको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले बताए ।

संघले टेनिस कोर्टका लागि चाहिने दक्ष जनशक्ति उत्पादन, टेनिस मार्फत जिविको पार्जन तथा टेनिस विकासका लागि अहिले ३० जना खेलाडीहरुलाई नियमित प्रशिक्षण दिंदै आएको छ । प्रशिक्षणमा रहेका यि खेलाडीहरुलाई संघले टेनिस सामग्रीहरु बल, र्याकेट, ड्रेस, खाजा, औषधी तथा पोखरा रंगशालाबाट टाढा रहेका खेलाडीहरुलाई यातायात खर्च समेत दिदै आएको छ । तेश्रो वर्षमा सञ्चालित कार्यक्रम ६ देखि ८ वर्ष सम्म चल्ने संघका अध्यक्ष कायस्थले बताए ।
