इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो सेन्सियोको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा आयोजित चुनावी र्यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार गरेका हुन् ।
घटनामा केही घाइते भएका छन् ।
इक्वेडरमा यही अगष्ट २० तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । चुनावी मैदानमा उभिएका ८ जना उम्मेदवारहरुमध्ये फर्नान्डो पनि एक थिए ।
