फिफा महिला विश्वकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्ने

0Shares

फिफा महिला विश्वकपको उपाधिका लागि इङल्याण्ड र स्पेन भिड्ने भएका छन् । घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो । उपाधि भिडन्त आइतबार हुनेछ । इङल्याण्ड र स्पेन दुवै टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेका हुन् ।

स्पेनले मंगलबार स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । बुधबार सिड्नीस्थित स्टेडियम अष्टे«लियामा दोस्रो सेमिफाइलनमा विश्वकपको सह आयोजकलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । इङ्ल्यान्डको जितमा एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरे। अष्ट्रेलियाका लागि कप्तान सामन्था खेरले एक गोल आफ्नो नाममा गरिन् ।

खेलको ३६औं मिनेटमा एला टुनको गोलमा इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ६३औं मिनेटमा कप्तान सामन्था खेरले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याईइन् । ७१ औं मिनेटमा लौरेन हेम्पको गोलमा इंग्ल्यान्डले २–१ ले अग्रता बनायो । ८६औं मिनेटमा एलेसिया रुसोको गोलमा इंग्ल्यान्डले ३–१ ले अग्रता बनाएको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *