संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एविसी गएका हुन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत उनी एविसी अवतरण गरेका हुन् । उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको थियो । गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।
त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गरएका थिए भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।
