आगो लगाउने अटेरी अगन्दर पक्राउ

0Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सामुदायिक बनमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार अन्नपूर्ण गाउँपालिका वडा नं -३ मराम्चे स्थित मराम्चे सामुदायिक बनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय अगन्दर पौडेललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सामुदायिक बनमा आगालागी भएको सूचना पश्चात वडा प्रहरी कार्यालय बगरबाट प्रहरीको टोली खटिएपनि ठूलो एरियामा एकैपटक आगालागी भएको हुँदा आगो नियन्त्रणमा लिन सकेको थिएन। पछि, आगो लगाउने व्यक्तिको खोजी गर्दै जाने क्रममा पौडेलले आफ्नै खरबारी पाखोमा घसेटा पोल्न आगो लगाएको र उक्त आगो अनियन्त्रित भइ सामुदायिक बनमा फैलिएको प्रारम्भिक सोधपुछका क्रममा बताएका थिए।

प्रहरी नियन्त्रणमा रहेका उनलाई हाल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *