आन्दोलनमा यातायात व्यवसायी, जेठ १६ गतेदेखि गाडी घर, ग्यारेजमा थन्क्याउने चेतावनी

0Shares

गण्डकी प्रदेशमा राईड सेयरिङलाई मान्यता दिनेगरी कार्यविधी ल्याएपछि विज्ञप्ती निकालेर विरोध गरेकायातायात व्यवसायीहरु निर्णायक आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीहरुको विरोधका बिच गण्डकी प्रदेश सरकारले राईड सेयरिङलार्य मान्यता दिएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायीहरु निर्णायक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमै जाने थाहा पाएपछि प्रदेश सरकारले हतार हतार यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सोहि समितिले मंगलबार विज्ञप्ती निकालेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहितका यातायात व्यवसायीलाई वार्तामा बोलाएको थियो । वार्ता बुधबार एक बजे हुने भएकाले वार्तामा आउन भनिएको थियो ।तर मन्त्रालयको सचिवमा हुने वार्ता टोलीले निकास ननिकाल्ने निश्कर्ष निकालेका यातायात व्यवसायीले बरु निर्णायक आन्दोलन चर्काउने भन्दै वार्तामा बोलाएकै समयमा पत्रकार सम्मेलन गरेर वार्तालाई नाटकको संज्ञा दिए । वार्ता निकासका लागि नभई यातायात व्यवसायीलाई भुलाउनका लागि मात्र नाटक मञ्चन गरिएको व्यवसायीको आरोप छ ।

व्यवसायीले अबको आन्दोलन निर्णायक भएको बताएका छन् । उनीहरुले नियमावलीमा भएको व्यवस्था खारेज गर्न माग गर्दै अन्यथा आन्दोलन निर्णायक रुपमा अगाडि बढ्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश अध्यक्ष केदार पौडेलले दिए । राईड सेयरिङलाई मान्यता दिनेगरी आएको नियमावली खारेज गर्न जेठ १५ गतेसम्मको म्याद दिएका छौं,उनले भने,‘नत्र १६ गतेदेखि निर्णाय आन्दोलन शुरु हुन्छ ।’ उनका अनुसार नियमावली खारेज नभए जेठ १६ गतेदेखि गण्डकी प्रदेश महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरू संचालन नगरी घर ग्यारेजमा थन्क्याईनेछ । उनले जेठ १८ गतेसम्मपनि माग पूरा नभए जेठ १९ गतेदेखि प्रादेशिक आन्दोलन देशव्यापी हुने बताए । जेठ १९ गतेदेखि हामी देशभरका सवारी साधन नचलाई घर, ग्यारेजमा थन्क्याउने उनले चेतावनी दिए ।

महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले मागलाई बेवास्ता गरिए आन्दोलनलाई व्यापक बनाउँदै लैजाने बताए । उनले भने, ‘प्रदेश सरकार गम्भीर भएर माग पुरा नगरे जेठ १६ देखि केन्द्रसँगको समन्वयमा देशव्यापी रूपमा सार्वजनिक यातायात सेवा ठप्प पार्न बाध्य हुने छौँ ।’

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *