जीप दुर्घटनाका घाइतेहरुको स्वास्थ्यमा सुधार

0Shares

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा भएको जीप दुर्घटनाका घाइतेहरुको स्वास्थ्यमा सुधार आएको छ । दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको सल्लाघारी नजिकैको थामडाँडामा दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यू भएको कास्कीका निमित्त प्रहरी प्रवक्ता सूर्यबहादुर थापा मगरले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाईते भएको उनले बताए । घाईतेहरुको उद्धार गरि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानिय खटिएका थिए । घाइते हुनेहरुमा सवारीचालक अन्नपूर्ण–४ का धनराज सुनार (२२), सुशिला सुनार (३५), सोनिशा सुनार (१५, राज कुमार बि.क. (४१), देउमाया के.सी. (५०) र २२ महिनाका बालक सुप्रिम सुनार छन् । यस्तै पोखरा २३ का लक्ष्मण कामी (५८) ,अन्नपूर्ण– ५ सल्यानका आरुष बि.क. (७), प्रकाश सुनार (३५), राम प्रसाद सुनार (६०) घाइते भएका हुन् । दुर्घटनाग्रस्त जीप सडकबाट करीब २ सय मिटर तल खसेको छ । घुम्ती भएको साँघुरो बाटोमा विपरित दिशाबाट आउँदै गरेको जीपलाई साईड दिदा दुर्घटना भएको बताइएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *