दुर्गा प्रसाईं पक्राउ

0Shares

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ।

प्रसाईंले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो आन्दोलन नरोकिने घोषणासहित मेची-महाकाली सबैतिर ठप्प पार्ने घोषणा गरेका थिए । तर अन्तरिम सरकारले प्रसाईंका कारण भड्किन सक्ने सम्भावित हिंसा र असुरक्षाको अवस्था आउन नदिन उनलाई नियन्त्रणमा लिएको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *