नागढुङ्गका समाजसेवीलाई नागमन्दिर संरक्षण समितिको सम्मान

0Shares

पोखराको नागढुङ्गा स्थित नागमन्दिर संरक्षण समितिले टोलमा रहेर विभिन्न समाजसेवामा महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । बुधबार मन्दिर परिसरमा आयोजित एक समारोहका बीच समितिका अध्यक्ष कमला श्रेष्ठले उहाँहरुलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरूमा नागढुंगा आमा समूहका संस्थापक अध्यक्ष पवित्रा गिरी, समूहका संस्थापक सदस्य मनुमाया लामिछाने, मिलनपथ टोल सुधार समितिका संस्थापक अध्यक्ष गणेशकुमारी शर्मा रहेका छन् ‌। त्यसैगरी नागमन्दिर स्थापनाका सहयोगीहरु सुकमाया राजभण्डारी र दुर्गा राजभण्डारी, नागमन्दिर संरक्षण समितिलाई सहयोग गर्ने सहयोगीहरू पोखरा ८ एयरपोर्टका रूपा बराल र देवी पोखरेल रहेका छन् । संस्थागत रूपमा एयरपोर्ट टोल विकास संस्था र एयरपोर्ट आमा समूहलाई पनि सम्मान गरियो।

यसअघि समितिको आयोजनामा नागपञ्चमीका दिन नागमन्दिरमा विशेष पूजाआजा गरिएको थियो। २०६१ सालदेखि नागढुंगामा यसरी विशेष नागपूजा सुरु गरिएको समितिका अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो । समितिको व्यवस्थापनमा हालै मात्र पोखरा महानगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा नागमन्दिर जिर्णद्वार तथा संरक्षण कार्य सम्पन्न गरिएको थियो। समूहका सचिव सीमा लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *