नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मान : रुपा र देवीले कुर्सी दिए

0Shares

पोखरा–८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा ति सहयोगीहरु सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई समुहका अध्यक्ष कमला श्रेष्ठले खादा माला अबिरले सम्मान गर्नुभयो ।

सोही समारोहमा समितिलाई पोखरा–८ एयरपोर्ट निवासी रुपा बराल र देवी पोखरेलले ६÷६ थान प्लाष्टिक कुर्सी सहयोग प्रदान गर्नुभयो । समारोहमा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगिता तिमिल्सीना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुङ्गा आमा समुहका अध्यक्ष कमला केसी लगायतले नाग मन्दिर संरक्षण समितिले समुह गठनको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा प्रशंसा गर्नुभयो ।

संरक्षण समितिले मन्दिर संरक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर ८ को २ लाख तथा समितिकै १ लाख १३ हजार रुपैयाँ सहित ३ लाख १३ हजार खर्चमा बार लगाउने, ढुङ्गा विच्छाउने, रंगरोगन तथा शिला खेल तयार गरेको थियो । समितिका सचिव सिमा लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *