‘नाम मात्रैको नेपाल पर्यटन बोर्ड खारेज गर्दिए हुन्छ’–वडाध्यक्ष भट्टराई

0Shares

‘नेपाल पर्यटन बोर्ड केही व्यक्तिहरूका लागि घुमफिर गर्ने, रमाइलो गर्ने, आफ्ना आफन्त पोस्ने माध्यम मात्रै बनेको छ, नाम मात्रैका यस्ता संस्था खारेज गरिदिए पनि हुन्छ’–उहाँले भन्नुभयो ।

प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले आफु सम्बद्ध संघसंस्थाहरुलाई हेर्ने दृष्टिकोणमा फरक पाइएको बताउँदै भुजेलले गतवर्ष ढुङ्गा व्यवसायीले आयोजना गरेको डुङ्गा दौड प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्डले १५ लाख रुपैयाँ विनियोजित गरेकोमा ५ लाख मात्रै दिएको खुलासा गर्नुभयो । बाँकी १० लाख रुपैयाँ खै ? उहाँले प्रश्न गर्नुभयो । ढुङ्गा व्यवसायीको माग बमोजिम लाइफ ज्याकेटका लागि छुट्याइएको ५ लाख बजेट पनि नेपाल पर्यटन बोर्डले फ्रिज गर्नु दुखद पक्ष भएको भुजेलको भनाइ थियो ।

फेवाढुङ्गा व्यवसायी संगठन बैदाम ६, पोखराको ३२ औ वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले पछिल्लो समय फेवातालमा अव्यवस्थित तवरले सञ्चालित सर्फिङ बोटले तालमा हुनसक्ने दुर्घटनाको जोखिम झनै बढाएको औल्याउनु भयो । उहाँले सर्फिङबोर्डलाई कार्यविधि बनाएर खपौँदी भन्दा माथिल्लो क्षेत्रमा सञ्चालन गर्न उपयुक्त हुने बताउनुभयो । आफूहरूले पोखरा महानगरपालिकालाई पटकपटक यसको कार्यविधि बनाउन आग्रह गर्दै आए पनि महानगरले भने आलटाल गर्दै आएको उहाँले आरोप लगाउनुभयो । बिना दर्ता सञ्चालनमा आएका सर्फिङबोट गतिविधि बेलैमा नरोकिए यसले भविष्यमा विकराल रूप लिन सक्ने भट्टराईको भनाई थियो । बाहिरी मान्छेको लगानीमा स्थानीयलाई देखाएर दबाब सिर्जना गर्दै यसको सञ्चालन भइरहेको उहाँले खुलाउनु भयो ।

अर्को प्रसङ्गमा बोल्दै उहाँले पर्यटन प्रवद्र्धन मूल उद्देश्य लिएको नेपाल पर्यटन बोर्ड नाम मात्रैको संस्था बनेको आरोप लगाउनुभयो । ‘नेपाल पर्यटन बोर्ड केही व्यक्तिहरूका लागि घुमफिर गर्ने, रमाइलो गर्ने, आफ्ना आफन्त पोस्ने माध्यम मात्रै बनेको छ, नाम मात्रैका यस्ता संस्था खारेज गरिदिए पनि हुन्छ’–उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले फेवातालमा हुने गरेका विकृति विसंगति रोक्न डुङ्गा व्यवसायी विशेष चनाखो हुनुपर्नेमा जोड दिनुभयो । फेवातालमा हुने गरेका रेस्क्यु भिडियोहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई त्रासित बनाउने गरेको उहाँले औल्याउनुभयो । फेवाढुङ्गा व्यवसायी संगठन बलियो र जिम्मेवारी बन्दा पोखरा घुम्न आउने पर्यटकले सन्तुष्टि प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो ।

प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले आफु सम्बद्ध संघसंस्थाहरुलाई हेर्ने दृष्टिकोणमा फरक पाइएको बताउँदै भुजेलले गतवर्ष ढुङ्गा व्यवसायीले आयोजना गरेको डुङ्गा दौड प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्डले १५ लाख रुपैयाँ विनियोजित गरेकोमा ५ लाख मात्रै दिएको खुलासा गर्नुभयो । बाँकी १० लाख रुपैयाँ खै ? उहाँले प्रश्न गर्नुभयो । ढुङ्गा व्यवसायीको माग बमोजिम लाइफ ज्याकेटका लागि छुट्याइएको ५ लाख बजेट पनि नेपाल पर्यटन बोर्डले फ्रिज गर्नु दुखद पक्ष भएको भुजेलको भनाइ थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवराज भट्टराईले डुङ्गा चालकहरूले मापसे÷लापसे गरेर ढुङ्गा सञ्चालन नगर्न अनुरोध गर्नुभयो । उहाँले लाइफ ज्याकेटको महत्व बारे जनचेतना फैलाउन आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले व्यावसायिक एकतामा जोड दिनुभयो ।

कार्यक्रममा सन नेपाल लाइफ इन्सुरेन्स गण्डकी नारायणी प्रदेशका प्रमुख ईश्वर विकल सापकोटाले बीमाको महत्वबारे प्रकाश पार्नुभएको थियो । फेवाढुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले संगठनका वार्षिक गतिविधि बारे अवगत गराउँदै समितिलाई आगामी दिनमा थप व्यवस्थित बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । संघका महासचिव शिवजीसीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रुद्र भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *