नेपाल नेदरल्यान्डसंग ६ विकेटले पराजित

0Shares

नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्यान्डसंग ६ विकेटले पराजित भएको छ । नेपालले पहिला व्याटिङ गर्दै नेदरल्याण्ड सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसले ८ बल अगाडि १ सय ९ रन बनाएर पूरा गर्दै जित दर्ता गरायो ।
नेदरल्याण्डका ओडडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । साइब्रान्ड इंगलब्रेक्टले १६ बलमा १ चौकासहित १४ रन बनाए । बास डेल लिड ११ रन बनाई अविजित रहे । नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । ऋविनाश बोहराले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यसअघि रोहितले टिकेर खेले पनि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । रोहितले ३७ बलमा ३५ रन बनाए । चौथो ओभरमा ब्याटिङमा आएर १६ औं ओभरमा आउट हुनुपूर्व रोहितले ५ चौका प्रहार गरेका थिए । तल्लो क्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमै आउट भए ।

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भीभीएन किङ्मासँग नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर टिम प्रिङ्गलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा सर्टमा रहेका किङ्माबाट क्याच गराए । कुशल भुर्तेलले १० बलमा ७ रन बनाए । अनिलले १२ बल खेल्दै २ चौका प्रहार गरी ११ रन बनाई प्रिङ्गलकै बलमा आउट भए ।
कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शून्यमा आउट भए । प्रिङ्गलले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *